काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाट निश्कासन गरेको छ ।
सोमबार बबरमहलस्थित कार्की व्याक्वेटमा उक्त समूहको केन्द्रीय सदस्यहरुको बैठकले ओलीलाई पार्टीबाट निश्कासन गरेको हो ।
बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको हो । बैठकमा सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने प्रस्ताव पेश गरेका थिए अध्यक्ष प्रचण्डको प्रस्ताव बैठकले पारित गरेको हो ।
यसअघि सो समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट निश्कासन गरेको थियो । तर, ओली समूहले भने आफूहरु नै आधिकारिक नेकपा भन्दै प्रचण्ड–नेपाल पक्षले पार्टी छोडेको दाबी गर्दै आएको छ ।