महासचिव पौडेलसँगको छलफल सकिएलगत्तै नेम्वाङसँग छलफल गर्दै अध्यक्ष प्रचण्ड


महासचिव पौडेलसँगको छलफल सकिएलगत्तै नेम्वाङसँग छलफल गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं | नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेललाई भेटे लगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटिरहेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच अहिले छलफल भइरहेको छ । नेकपा अध्‍यक्ष केपी शर्मा ‌ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएको छ।

यो पनि: नेकपा युद्ध | लाञ्छनाहरु सहन्छु भन्ने नसोचे हुन्छ - केपी ओली

उक्त विवादका कारण कार्यकर्तासमेत विभाजित हुन थालेका छन्। यस्तो परिस्थितिमा प्रचण्डले दोस्रो तहका नेताहरुसँगको भेटघाट तीव्र बनाएका हुन्।

नेकपाको बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षले लगाएको अभियोग पुष्टि गर्न नसके उनले पदत्याग गर्नुपर्ने र पुष्टि गरे आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा बस्नु उपयुक्त नभएको बताएका थिए । ओलीले प्रचण्डलाई मंसिर १३ गतेको सचिवालय बैठकमा जवाफ प्रस्तुत गर्ने बताएका छन् ।

यो पनि: ओलीलाई हटाउनैपर्छ: बाबुराम भट्टराई

यो पनि: नेकपा एकतामा संघर्ष चलिरहँदा प्रचण्डले सार्वजनिक गरे यस्तो भिडियो


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...