durbar-times

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्ने : अध्यक्ष दाहाल


महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्ने : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिएका छन् ।

१११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बतएका छन् ।

उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि भइरहेका आक्रमण र दुव्र्यवहारले सङ्घर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउँदै पूर्वप्रधानमन्त्री  दाहालले पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलितलगायत समुदायमाथि संरक्षण गर्ने निकायबाटै आक्रमण हुनु विडम्बना रहेको बताएका छन् । रासस

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send