प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय सदस्यलाई


प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय सदस्यलाई

काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवाल बैठक बोलाएका छन् ।

पार्टीभित्र विवाद बढिरहेका बेला ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका हुन् ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।

आजको बैठकपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला : प्रधानमन्त्री ओली
काठमाडौैं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । सरकारमाथि आफ्नै पार्टीभित्रबाट हमला भएको पनि उल्लेख गरेका छन् । ओली र प्रचण्ड’ बीच आज भेटघाटको तयारीकाठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्र…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...