काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनको रेखा कोरिएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढेको छ ।
राजदूत याङ्छीले बिहीबार बिहान प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । प्रचण्डलाई भेट्न याङ्छी बिहीबार बिहान प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट जति कुरा भएको थियो ।
राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा कुरा भएको जनाइएको छ । यसअघि पनि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको थियो ।
यसअघि पनि नेकपमा विवाद बढ्दा याङ्छीले नेताहरुलाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गर्दै आएकी थिइन् ।
राजदूत याङछीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत आइतबार संसद विघटन गरेपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् ।