Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै,यस्ता छन् छलफलका एजेन्डा


परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै,यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि बुधवार नयाँ दिल्ली जाँदै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली माघ १ गते भारत जान लागेका हुन्। ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहान, उर्जा, सीमा, कोभिड-१९ साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति, कनेक्टिभिटीका क्षेत्रमा छलफल हुने मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनाएको छ।

दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटवार्ता गर्ने समेत मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीको टोलीमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव तथा अन्य उच्च सरकारी अधिकारीहरु सहभागी हुनेछन्।

मन्त्री ज्ञवाली ३ गते नेपाल फर्किने छन्।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send