प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन्।
बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुखले उद्धार गरेका छन्। उनले ती ४ जना घाइतेलाई आफ्नै गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पुर्याएका थिए। झाले घाईतेको साथमा आफ्ना एक जना सुरक्षाकर्मीसमेत पठाएका थिए।
प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परेर छट्पटाई रहेको देखेपछी गाडी रोक्न लाएर उद्धार गरेका हुन् ।
प्रमुख झा भन्छन्,"नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै सेवा हुन सकदैन । नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी हो ।"
उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए। उनले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने पनि प्रतिक्रिया दिएका छन् ।