प्रदेश ५ को नाम 'लुम्बिनी' र राजधानी देउखुरी


प्रदेश ५ को नाम 'लुम्बिनी' र राजधानी देउखुरी

काठमाण्डु – प्रदेश नम्बर ५ को नाम लुम्बिनी कायम भएको छ । मंगलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश ५ को नामकरणसम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो । अढाइ वर्षपछि प्रदेश नम्बर ५ ले आफ्नो प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको छ ।

प्रदेशमा ८७ सांसद रहेका छन् । जसमध्ये आज ८३ सांसदले प्रदेशको नामांकनमा मत दिएका थिए । त्यसमध्ये लुम्बिनी प्रदेशको पक्षमा ७९ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

यसअघि प्रदेशको राजधानी दाङ बनाइयोस् भन्ने प्रस्ताव पनि दुई तिहाइ मत परेको थियो । यससँगै अब प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश र राजधानी दाङ हुने भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...