किन प्रदेशसभा बैठक दुई महिनादेखि हुन सकेन त ?


किन  प्रदेशसभा बैठक दुई महिनादेखि हुन सकेन त ?

कर्णाली | कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका कारण वर्षे अधिवेशन प्रभावित हुन पुगेको बताए । “कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधिन छन्,” उनले भने,  “वर्षे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।” सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनको भनाइ छ । सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको  छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...