durbar-times

प्रधानमन्त्रीद्वारा धरहराकाे उद्घाटन, यस्ताे छ धरहरा


प्रधानमन्त्रीद्वारा धरहराकाे उद्घाटन, यस्ताे छ धरहरा

२०७२ सालकाे भूकम्पले क्षतिग्रस्त भएकाे धरहरा पुनःनिर्माणपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् ।

३ अर्ब ८४ कराेडकाे लागतमा निर्माण भएकाे धरहरा बाहिरबाट ११ तले दखिन्छ भने भित्रबाट २२ तले रहेकाे छ ।

धरहराकाे जमिनमाथिबाट गजुरसहित उचाइ ८३ दशमलव ८५ मिटर रहेकाे छ ।

धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन ।

याँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ ।

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले आफ्नी प्रेमिकाका लागि भनेर धरहरा बनाइएको थियो ।

वि.स. १९९० सालमा आएको भूकम्पले ११ तले धरहरा ९ तल्लेमा सीमित भयो । पछि तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले ९ तल्लाबाट ११ तल्ले बनाए । र, २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा पुनः २०७८ बैशाख ११ गते २२ तल्ले बनाइएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send