प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । स्रोतका अनुसार सेना र सर्वोच्च अदालतबीच देखिएको जग्गा विवादका विषयमा कुराकानीका लागि थापा राणालाई भेट्न सर्वोच्च गएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतले नयाँ भवन बनाउने स्थानमा रहेका नेपाली सेनाका संरचना हटाउन निर्देशन दिएका छन् ।
सर्वोच्च अदालतले अहिले रहेको भवनको पछाडि नयाँ भवन बनाउँदै छ । सेनाले केही जग्गा छोडेर सर्वोच्चलाई हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा छलफल गर्न प्रधान सेनापति थापा सर्वोच्च पुगेका हुन् ।
कतिपयले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा फैसला अन्तिम चरणमा पुगेको बेला प्रधानन्यायाधीश र सेनाका प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरेपनि सर्वोच्च स्रोतले भने यसबारे कुनै कुराकानी नभएको स्पष्ट पारेको छ ।