प्रकाश सपुतकाे नयाँ गीत 'फुटेको चुरा' युट्युबमा सार्वजनिक भएकाे छ । युट्युबमा दर्शकहरूमाझ लाेकप्रिय बन्दै गएकाे याे भिडियाेमा हालसम्म ३ लाखभन्दा बढी भ्युज आइसकेकाे छ भने ट्रेण्डिङमा पनि आइसकेकाे छ ।
साेमबार सार्वजनिक भएकाे भिडियाेमा प्रकास सपुत , नम्रता श्रेष्ठ ,कविता नेपाली , अनिता चलाउने र निरज पन्थीले अभिनय गरेका छन् भने गीतमा प्रकाश सपुत र अनिता चलाउनेकाे स्वर रहेकाे छ ।
गीतमा संगीत र शब्द रचना प्रकाश सपुत स्वयमले गरेका छन् । युट्युबमा प्रकाशकाे आफ्नै च्यानलबाट सार्वजनिक गरिएकाे भिडिओमा कोरियोग्राफरको भुमिका भने गम्भीर विष्टले गरेका छन्।
भिडियाेकाे निर्देशन भने स्वयम् प्रकाश सपुतले नै गरेका छन् ।