काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते बस्ने भएको छ ।
आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि शून्य र विशेष समय छुट्टयाइएको थियो । साथै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसदबाट हटाइएको सूचना पढेर समेत सुनाएका छन् ।