http://bit.ly/bajajdurbartimes

प्रभु इन्स्याेरेन्सकाे आइपीओ ५० प्रतिशतभन्दा बढीले नपाउने, कतिले पाउँछन् ?


प्रभु इन्स्याेरेन्सकाे आइपीओ ५० प्रतिशतभन्दा बढीले नपाउने, कतिले पाउँछन् ?

प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरीएको ५४ लाखलाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । बिक्री प्रबन्धकका अनुसार कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गर्दा सेयर पाउनेको संख्या सामान्य बढ्न भने सक्नेछ ।


प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

1

कोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म 'मास्टर', कति कमायो?

2

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

3

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

4

सेयर बजारमा फेरि देखियो सुधार

5

प्रतिनिधिसभा विघटनको विरोधमा युवाद्वारा काठमाडौंमा ‘नमुना संसद्’ आयोजना

6

गर्भमा बच्चा ९ महिना रहँदा के गर्ने के नगर्ने जन्नुहोस्


Share Tweet Send