Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रभु लाईफ इन्स्योरेन्सकाे आइपिओ भर्ने आज अन्तिम दिन


प्रभु लाईफ इन्स्योरेन्सकाे आइपिओ भर्ने आज अन्तिम दिन

प्रभु लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज बिहीबार (पुस २ गते) अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले मंसिर २९ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । प्रभु लाइफले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रभु लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सथै, मेरो सेयरको मोबाईल एपमार्फत पनि आइपीओ भर्न सकिने सीडीएसले जनाएको छ ।

प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send