शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।
पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
उनको कम्मर र खुट्टामा चोट लागेको छ र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।