durbar-times

प्रचण्ड माधव नेपाल सत्तापक्ष कि प्रतिपक्ष ?


प्रचण्ड माधव नेपाल सत्तापक्ष कि प्रतिपक्ष ?

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपामा नयाँ समीकरण देखा परेकाे छ । नेकपाका दुइ अध्यक्षमध्ये पुष्पकमल दाहाल प्रचण्ड पुष ५ गतेपश्चात प्रतिपक्षकाे भूमिकामा खुलेर देखा परेका छन् । उनलाइ साथ दिँदै माधव नेपाल , झलनाथ खनाललगायतका नेताहरूपनि प्रतिपक्षकाे भूमिकामा देखा परेका छन् ।

कानूनी रूपमा पार्टी टुक्रिएकाे छैन । नेपाल कम्युनिष्ट पार्टी अहिले पनि संसदमा बहुमत प्राप्त पार्टीकाे रूपमा रहेकाे छ । तर, माधव नेपालले भने आफू प्रतिपक्षकाे कुर्सीमा बस्ने बताएका छन् । उनले सरकार र  आफू अलग भैसकेकाे भन्दै आफ्नै पार्टीलाइ सरकारबाट अलग भएकाे बताएका छन् ।

नेकपाकै सरकार भएकाे बेला नेकपाकै नेताबाट यस्ताे अभिव्यक्ति सार्वजनिक भएपछि अन्य नेता कार्यकर्ताहरूमा भने अन्याेल सिर्जना भएकाे छ। के प्रचण्ड माधव नेपाल प्रतिपक्षी नेता हुन् त? के प्रचण्ड माधव नेपाल नेकपाका नेता हाेइनन् ? के सरकार नेकपाकाे हाेइन? यी र यस्तै थुप्रै प्रश्न सिर्जना भएका छन् । यसकाे उत्तर भने आज बस्न लागेकाे प्रतिनिधिसभा बैठकबाट नै पाउने अपेक्षा गरिएकाे छ ।

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send