http://bit.ly/bajajdurbartimes

प्रचण्ड–माधव पक्षको सचिवालय बैठक


प्रचण्ड–माधव पक्षको सचिवालय बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक चलिरहँदा प्रचण्डले आफ्नो निवास खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यको बैठक बोलाएका छन् ।

केन्द्रीय कमिटीका बैठकका एजेण्डा टुंगो लगाउन र केपी ओलीमाथिको कारबाहीका लागि सचिवालय बैठक बोलाइएको प्रचण्डनिकट स्रोतले जनाएको छ । बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी हुँदैछन् ।

नेकपाको नौ सदस्यीय सचिवालयमध्ये ओलीसहित ईश्वर पोखरेल र विष्णु पौडेल बालुवाटारको बैठकमा छन् । उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल दुवै पक्षका बैठकमा सहभागी भएका छैनन् ।

प्रचण्ड माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अपराह्न १ बजे कार्की पार्टी प्यालेस बबरमहलमा बस्दैछ ।

1

साताको विज्ञानका खबरहरु | NASO weekly बुलेटिन

2

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

3

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

4

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

5

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित

6

साहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय


Share Tweet Send