http://bit.ly/bajajdurbartimes

प्रचण्डका भरपर्दा साथी बालकृष्ण ढुंगेल लागे ओली पक्षमा


प्रचण्डका भरपर्दा साथी बालकृष्ण ढुंगेल लागे ओली पक्षमा

सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाएका तत्कालीन माओवादी जनयुद्धका एक योद्धा तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल पार्टी विभाजनपछि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिएका छन् । उनी रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी र लेखराज भट्टको समूहबाट अहिले ओली पक्षमा पूर्व माओवादी पंक्तिको संख्या बढाउन क्रियाशील भएका छन् ।

तत्कालीन माओवादीका लागि बालकृष्ण ढुंगेल असली योद्धा थिए । माओवादी युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक भरपर्दा सहयोगी पनि ।तर, आज तीनै ढुंगेलले प्रचण्डको साथ छाडेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी  विभाजन भएपश्चात आफूले वर्षौंसम्म साथ दिएको प्रचण्डको साथ उनले छाडेका छन्।प्रचण्डको साथ किन छाड्नु भयो भन्ने प्रश्नमा ढुंगेलले नेपाल प्रेससँग भने– उहाँले लिएको पछिल्लो जति पनि घटनाक्रम छन्, ती बेठिक, अवैज्ञानिक र अराष्ट्रवादी छन् त्यसैले मैले उहाँको साथ छाडेँ ।

प्रचण्डले चालेका कदमलाई उनले संक्षिप्तमा बेठीक, अबैज्ञानिक र अराष्ट्रवादी भनेर टिप्पणी गरेका छन् ।ढुंगेल नेकपा ओली पक्षले हालै विस्तार गरेको महाधिवेशन आयोजक कमिटीका सदस्य बनेका छन् ।

1

कोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म 'मास्टर', कति कमायो?

2

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

3

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

4

सेयर बजारमा फेरि देखियो सुधार

5

प्रतिनिधिसभा विघटनको विरोधमा युवाद्वारा काठमाडौंमा ‘नमुना संसद्’ आयोजना

6

गर्भमा बच्चा ९ महिना रहँदा के गर्ने के नगर्ने जन्नुहोस्


Share Tweet Send