ओखलढुंगा, २ पुस । पूर्वमाओवादी समूहका चर्चित नेता बालकृष्ण ढुंगेल नेकपाको ओली समूहमा खुलेका छन् । नेता ढुंगेलले आफूले यसबीचमा प्रधानमन्त्री केपी ओलीलाई भेटेको पनि स्पष्ट पारेका छन् ।
उनले ओखलढुंगामा आफ्नो समूहद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डलाई छाड्नुको कारणबारे चर्चा गरेका छन् । खुलेर प्रचण्डको आलोचना गरेका उनले आफ्नो ३० वर्ष पुरानो सम्बन्ध र विरासत किन त्याग्न लागेको भन्नेबारे तर्क अगाडि सारेका छन् ।
उनले देउवा सरकारले आफूलाई गिरफ्तार गर्दा प्रचण्डले एउटा वक्तव्य पनि निकाल्न नसकेको आरोप लगाए । ‘मलाई पक्राउ गर्दा एउटा विज्ञप्ति निकाल्न नसक्ने प्रचण्ड मलाई के काम ? सक्दा पनि वक्तव्य ननिकाल्ने प्रचण्ड पनि मलाई के काम ?,’ उनले प्रश्न गरेका छन् ।