दुइ नम्बर प्रदेशका प्रमुख राजेह झा 'अहिराज' जनकपुर पुगेका छन् ।समर्थकहरूले उनलाई १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन् ।
आइतवार ४ बजेर ४५ मिनेटको समयमा जनकपुर पुगेका अहिराजलाई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहले भीआईपी कक्षमा स्वागत गरेका थिए ।
त्यसका वाहेक सुरक्षाकर्मी, कर्मचारीहरूले स्वागत गरेका थिए ।
उनलाई स्वागत गर्नका लागि नेकपाको ओली समूहका युवाहरूले जनकपुरमा मोटरसाइकल र्याली निकालेर विमानस्थल पुगेका थिए ।
प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सहित अन्य ६ जना मन्त्री मध्ये कुनै पनि मन्त्रीको उपस्थिति भने थिएन ।