प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता : यस्ता विषयमा गरियो छलफल


प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता : यस्ता  विषयमा गरियो छलफल

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुृर देउवा संग भेटवार्ता गरेका थिए।  शनिबार दिउसो भएको भेटमा रिक्त रहेको संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरुको नियुक्तिका बारेमा छलफल हुनुका साथै  नेकपा भित्र पछिल्लो समयमा देखिएको अन्तरबिरोधका बारेमा पनि दुई नेता बीच कुृरा भएको जनाईएको छ । सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको बेला भएको यो भेटलाई अर्थपूर्ण  रुपमा लिईएको छ ।

नेता रमेश लेखकलाई लिएर  बालुवाटार पुग्नु भएका नेता देउवाले प्रधानमन्त्री ओली संग  करिब डेढ घण्टा जति छलफल गरेका थिए।  दुई शिर्षतहमा  छलफल पछि दुईनेताले संवैधानिक निकायमा पदाधिकारी  नियुक्त तथा  विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहजिकरण गर्न  जिम्मा दिएका छन् ।

यो पनि पढ्नुस: प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको प्रश्न- शंकर पोखरेलको गाडीमा ढुङ्गा हान्दा निदानुभएको थियो ?


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...