Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रधानमन्त्री पदमा प्रचण्डकाे निशाना,संसदीय दलकाे नेता बन्ने तयारी


प्रधानमन्त्री पदमा प्रचण्डकाे निशाना,संसदीय दलकाे नेता बन्ने तयारी

नेकपाका प्रचण्ड–माधव नेपाल पक्षधर सांसदहरुको बैठकले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै संसदको नियमित प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

संसद भवनमै बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । आज कसैको अध्यक्षता बिना बसेको बैठकलाई प्रचण्ड,झलनाथ खनाल र माधव नेपालले सम्बोधन गरेका थिए ।

अब बुधवार संसदीय दलको बैठक बस्ने विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले बताए । सोही बैठकले दलको नयाँ नेता चयन गर्ने उनले बताए ।

संसदीय दलमा ओलीले बहुमत गुमाइसकेकाले अब प्रचण्डलाई संसदीय दलको नेता चयन गरिने प्रचण्ड पक्षले जनाएको छ । प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आइतवार संसद सचिवालयमा उक्त पक्षले अविश्वास प्रस्ताव समेत दर्ता गरेको थियो ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा दलको नेता चयन राजनीतिक विषयमात्र हुनेछ ।

1

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

2

निफ्राको शेयर कारोबार ९० करोड रुपैयाँ

3

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

4

बियरिस ट्रेन्डमा नेप्से, लगानीकर्ता भन्छन् सामान्य करेक्सन हाे

5

राजेन्द्र महतोको प्रचण्ड–नेपाललाई प्रश्न: तपाईंहरुको कुन पार्टी हो ?

6

अब अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने


Share Tweet Send