http://bit.ly/bajajdurbartimes

प्रिमियर लिगमा आज(सोमबार) ३ खेल


प्रिमियर लिगमा आज(सोमबार) ३ खेल

एजेन्सी । प्रिमियर लिगमा आज(सोमबार) ३ खेल हुदै छ  ।

लिगको शीर्षताको होडमा रहेका एभर्टन र म्यान्चेष्टर सिटी आज (सोमबार) राति भिड्दैछन् ।

एभर्टनले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गर्ने उद्धेश्य सहित गुडसिन पार्कमा म्यान्चेष्टर सिटीलाई आतिथ्यता प्रदान गर्न लागेको छ ।

रिचर्डसन सहित जेम्स रोड्रिग्वेज, एलान, लुकास डिग्नी र फाबियन डेल्फ सहितका खेलाडी एभर्टनकको टिम बाहिर छन् ।

यता, ग्याब्रियल जिसस र केएल वाल्कर कोरोना पोजेटिभ भएका कारण सोमबारको खेलमा उपस्थित रहने छैनन् ।

इल्के गुन्डोगन मैदान फर्कन सक्नेछन् । तर ईरिक ग्रासिया भने टिम बाहिर रहनेछन् ।

प्रिमियर लिगकै अर्को खेलमा नयाँ सिजनका लागि ठुलो रकम खर्च गरेको चेल्सीले बलियो प्रतिद्धन्दी एस्ट भिल्लालाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।

सिजनको उत्कृष्ट सुरुवात गरेको चेल्सीले पछिल्लो समय लय गुमाएको छ । टिमको प्रर्दशन र नतिजा एकैनाशको देखिएको छैन ।

यस्तै उपाधि होडमा देखिएका लेस्टर सिटी भने क्रिस्टल प्यालेसको भ्रमणमा निस्कदैछ । लेस्टर २८ अंक सहित तालिकाको तेस्रो र क्रिस्टल १८ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।

1

पुछारको सेफिल्डसँग युनाईटेड पराजित

2

युभेन्ट्स सेमिफाइनलमा

3

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

4

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

5

महिला लिगमा आज दुई खेल हुँदै

6

आजको राशिफल


Share Tweet Send