इंग्लिस प्रिमियर लिगमा आज ४ खेल


इंग्लिस प्रिमियर लिगमा आज ४ खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।

युनाईटेडले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । युनाईटेड र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

युनाईटेड ५ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ । आर्सनल हराएर युनाईटेड सिजनको तेस्रो जित निकाल्न चाहन्छ ।

तर, आर्सनलविरुद्ध युनाईटेडका डिफेन्डर एलेक्स टेलस र फरवार्ड एन्थोनी मार्सियलले खेल्ने छैनन् ।

आर्सनल ६ खेलमा ९ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ । आर्सनलका डिफेन्डर डेभिड लुइजले युनाईटेडसँगको खेल गुमाउने छन् ।

लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले न्युकासल युनाईटेडसँग खेल्नेछ । १३ अंक जोडेको एभर्टन जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।

यस्तै टोटेनहमले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ ।

साउथह्याम्पटनले एस्टन भिल्लासँग खेल्नेछ ।

जोटाको गोलमा लिभरपुल विजयी उक्लियो शीर्ष स्थानमा
काठमाडौं । जितसँगै ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शनिवार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले तीन अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को जित हात पारेको हो । पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्या…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...