प्रिमियर लिगमा आज चार खेल


प्रिमियर लिगमा आज चार खेल

एजेन्सी | प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा टोटेनहमले वेस्टहमसँग प्रतिस्पर्धा गर्दै छ । टोटेनहमको घरेलु मैदानमा हुन लागेको दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । ४ खेल खेलेको टोटेनहम ७ अंकसहित तालिकाको सातौं स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १० अंक छ । तर गोल अन्तरमा भने टोटेनहम अग्र स्थानमा छ ।

त्यस्तै वेस्ट हम लिगमा तेस्रो जित निकाल्ने योजनामा छ । लिगमा ४ खेल खेलेको वेस्टहमले दुई खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित हुन पुगेको छ ।

आज हुने पहिलो खेलमा सेल्फिड युनाइटेडले फुलहमसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा सुरु हुनेछ । त्यस्तै क्रिस्टल प्यालेसले ब्राइजटनलाई आतिथ्यता प्रदान गर्नेछ । आज हुने अन्तिम खेलमा लेस्टर सिटीले एस्टोन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...