एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (आईतबार) राति ५ खेल हुदैछ ।
शीर्षताको होडमा रहेका टोटेनहम र लिभरपुलले आईतबार राति आफ्नो चुनौती पेश गर्नेछन् । शीर्ष स्थानको टोटनहम क्रिस्टल प्यालेसको भ्रमणमा निस्कदा लिभरपुललाई भने फुलहमले आतिथ्यता प्रदान गर्नेछ । टोटेनहम र लिभरपुल दुवैको समान २४ अंक छ ।
टोटेनहमका ईरिक लामिला चोटका कारण क्रिस्टलविरुद्धको खेल गुमाउनेछन् । ट्याकिर मिचेल बाहेक क्रिस्टलसंग बाँकी सबै खेलाडी उपलब्ध छन् ।
अर्को खेलमा लिभरपुलका डिएगो जोटा र कोस्टास तिमिकासले सामान्य चोट बोकेका छन् ।
एनफिल्ड क्लबका एलिसन र एलेक्स अक्सलाड चेम्बरलिनले आईतबार राति मैदानमा फर्कन सक्नेछन् । फुलहमसंग चोटको कुनै ताजा समस्या छैन । रेलिगेशन जोन नजिक रहेको फुलहम लिभरपुललाई स्तब्ध पार्दै तालिकामा अंक सुधार गर्न चाहन्छ ।
अन्य खेलमा साउथह्याम्टनले सेभिल्ड युनाईटेड, आर्सनलले वर्नली र लेस्टरले ब्राईटोनको भ्रमण गर्नेछन् ।
यो पनि पढ्नुहोस्: