प्रिमियर लिगमा आज २ खेल


प्रिमियर लिगमा आज २ खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटीले लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

लेष्टर लिड्ससँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । लिड्सको मैदानमा लेष्टर सहज जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।

लिड्सलाई हराएर लेष्टर सिजनको पाँचौ जित निकाल्न चाहन्छ । लिगको आठौं स्थानमा रहेको लेष्टरले ६ खेलमा १२ अंक जोडेको छ ।

लिड्सलाई पराजित गर्न सकेमा लेष्टर तालिकाको दोस्रो स्थानमा उक्लनेछ । तर, बलियो लिड्सविरुद्ध जित निकाल्न लेष्टरलाई सहज छैन । किनकी लिड्सले यस सिजन जबर्जस्त प्रदर्शन गरिरहेको छ ।

लिड्स पनि घरेलु मैदानमा लेष्टरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ । लिड्स ६ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

अर्को खेलमा फुलहमले वेस्ट ब्रुमसँग खेल्नेछ । घरेलु मैदानमा फुलहम पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । १ अंक जोडेको फुलहम पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

वेस्ट ब्रुम ३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...