प्रिमियर लिगमा आज चार खेल


प्रिमियर लिगमा आज चार खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ ।

प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, एभर्टन लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

उपाधि दाबेदार मानिएको सिटीले लिड्स युनाइटेडसँग खेल्नेछ । लिड्सको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

लिड्सको मैदानमा सिटी दोस्रो जितको खोजीमा हुनेछ । सिटीले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

२ खेलमा ३ अंक जोडेको सिटी १३ औं स्थानमा रहेको छ ।

घरेलु टिम लिड्स तेस्रो जित निकाल्ने योजनामा हुनेछ । अघिल्ला तीन खेलमा लिड्सले ६ अंक जोडेको छ । लिड्स तालिकाको सातौं स्थानमा रहेको छ ।

यस्तै चेल्सीले घरेलु मैदानमा बलियो टिम क्रिस्टल प्यालेससँग खेल्नेछ । चेल्सी र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार ५:१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा चेल्सी दोस्रो जितको खोजीमा हुनेछ । चेल्सी ३ खेलमा ४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । चेल्सीले अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको छ ।

लिगको छैटौं स्थानमा रहेको क्रिस्टल भने तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलमा क्रिस्टल ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अपराजित रहेको एभर्टनले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ । एभर्टन र ब्राइटनबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

एभर्टनले अघिल्ला तीन खेलमा ३ जित सहित ९ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको एभर्टन ब्राइटनलाई हराएर चौंथो जित निकाल्न चाहन्छ ।

ब्राइटन भने दोस्रो जितको खोजीमा हुनेछ । ब्राइटनले ३ खेलम ३ अंक जोडेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा न्युकासल युनाइटेड र बर्नली भिड्ने छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...