durbar-times

काराेबारमा सँधै माथी तर मूल्य भने घट्दाे , अब के हाेला ?


काराेबारमा सँधै माथी तर मूल्य भने घट्दाे , अब के हाेला ?

इतिहासकै सबैभन्दा ठूलाे परिमाणमा आइपिओ जारी गरेकाे नेपालकै पहिलाे पूर्वाधार विकास बैंककाे रूपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर दाेश्राे बजारमा काराेबार भइरहेकाे छ ।

फेब्रुअरी २३ तारिकका दिन ७२६ रूपैँया प्रतिकित्ता पुगेकाे कम्पनीकाे शेयर मूल्य अप्रिल २० तारिकमा ५७८ रूपैँया प्रतिकित्ता पुगेर राेकियाे भने अप्रिल २१ का दिन ५८१ रूपैँया प्रतिकित्तामा काराेबार सुरू भयाे ।

एक महिनामा कम्पनीकाे शेयर मुल्य १९.९ प्रतिशतले ओरालाे लागेकाे छ । तर इन्फ्रास्ट्रक्चर बैंकले दैनिक काराेबार रकमकाे हिस्सामा भने प्रमुख स्थान ओगट्ने गरेकाे छ ।

अप्रिल २० तारिकमा निफ्राकाे १९ कराेड भन्दा बढी रकमकाे शेयर काराेबार भएकाे थियाे । त्यस्तै मार्च २३ तारिकका दिन ५२ कराेडभन्दा बढीकाे काराेबार भएकाे थियाे ।

सीईडीबी हाइड्रोपावरले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने, कति कित्ता निष्कासन ?

समग्र नेप्सेमा नै काराेबार रकममा कमी आउँदा पनि निफ्राले पहिलाे, दाेश्राे स्थान ओगट्ने गरेकाे छ ।

केही समय अघिमात्र बैंकले लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरकाे बन्ड जारी गर्ने समाचार आएकाे थियाे । त्यससम्बन्धी समाचारकाे विषयलाई लिएर नेप्सेले बैंकलाई स्पष्टिकरण समेत साेधेकाे थियाे । स्पष्टिकरणमा बैंकले उक्त समाचारमा सत्यता रहेकाे बताएपछि शेयर मूल्य बढ्ने अनुमान गरिएकाे  थियाे । तर, त्यसले कुनै प्रभाव पारेन ।

त्यस्तै साेही समयमा बैंकले ८.५ प्रतिशत बाेनस आगामी वर्ष वितरण गर्ने पनि हल्ला चलेकाे थियाे । त्यसलाइ पनि बैंकले धिताेपत्र बाेर्डमा बुझाएकाे विवरणमा नै समावेश गरिएकाे भनेपछि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएकाे थियाे । तर, त्यसले पनि कम्पनीकाे शेयर मूल्यमा कुनै प्रभाव पारेकाे देखिएन ।

बजारमा सबैभन्दा धेरै शेयर रहेकाे , काराेबार पनि सबैभन्दा धेरै हुने गरेका कारण बेच्ने र किन्ने लगानीकर्ताहरूकाे अनुपात पनि सामान्य नै देखिएकाले एक समयपश्चात यसकाे शेयर मूल्यमा त्यति धेरै फरक नपरेकाे अनुमान गरिएकाे छ ।

मध्य भाेटेकाेशीले पायाे आइपिओ निष्कासनकाे अनुमति

लामाे समयसम्म एउटै रेखामा ओहाेरदाेहाेर गरिरहेकाले लगानीकर्ताहरू कम्पनीकाे शेयर मूल्यले अब नयाँ रेकर्ड राख्ने अनुमान गर्न थालेका छन् । बजारकाे सामान्य गति पनि यसरी नै अघि बढ्ने गरेकाे छ । लगानीकर्ताहरूकाे विश्वास र व्यवहार एकनासकाे भएमा फेरी मूल्यले गति लिनेमा दुइमत देखिँदैन ।

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send