http://bit.ly/bajajdurbartimes

प्रमाेद खरेल प्रकरणः विन्दवासिनी म्युजिककी अध्यक्ष लिना पक्राउ


प्रमाेद खरेल प्रकरणः विन्दवासिनी म्युजिककी अध्यक्ष लिना पक्राउ

प्रहरीले प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा विन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ ।

गायक प्रमोद खरेल लगायतको उजुरीमा महानगरीय प्रहरी परिसर काठमाडौंले लिनालाई पक्राउ गरेको एसएसपी अशोक सिंहले पुष्टि गरे । उनलाई सोमवारै धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको सिंहले बताए ।

आजै उनलाई म्याद थपका लागि जिल्ला अदालत पेश गर्न लागिएको छ । खरेलले लिनाका पति सुवास रेग्मीविरुद्ध पनि प्रतिलिपि अधिकार उल्लंघनको उजुरी दिएका छन् । लेनदेनको विषयमा सामान्य विवाद हुँदा गायक खरेल प्रहरीमा पुगेको दावी रेग्मी निकट स्रोतले गरेको छ ।

1

नागरिक एप प्रयोग गर्नेलाई निःशुल्क मोबाइल डेटा

2

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

3

विप्लवद्वारा भोलि नेपाल बन्दको घोषणा

4

नेपाल पुलिस क्लबको सानदार जित

5

महिला लिग :भोलि तय भएको दुई खेल स्थगित

6

कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध


Share Tweet Send