नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ।
आज कारोबार सुरु भएदेखि नै सुस्त रहेको टिएमएसमा लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका छैनन्।
टिएमएसमा समस्या देखिएपछि कारोबार बन्दै भएको भन्दै सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।
अघिल्लो दिन ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा सोमबार टिएमएसमा आएको समस्याको कारण कारोबार रकम पनि घट्ने देखिएको छ।
केहि समय समस्या नदेखिएकाे टिएमएसमा फेरी समस्या देखिएकाे हाे ।