माइतिघरमा प्रदर्शनः नयाँ पाठ्यक्रम गणित एवं विज्ञान तथा प्रविधि विरोधी रहेको आरोप


माइतिघरमा प्रदर्शनः नयाँ पाठ्यक्रम गणित एवं विज्ञान तथा प्रविधि विरोधी रहेको आरोप

शिक्षा मन्त्रालयले चालू शैक्षिक सत्रदेखि लागू गर्न खोजेको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप गणित एवं विज्ञान तथा प्रविधि विरोधी रहेको आरोप लगाउँदै शिक्षकहरु माइतिघरमा प्रदर्शनमा उत्रिएका छन् । नेपाल गणित समाजले आयोजना गरेको प्रदर्शनमा उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनीसमेत दिए।

प्रदर्शनमा उनीहरुले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गर! गणित विषयको दायरा संकुचित नगर! स्टिम शिक्षाको महत्व बुझ! गणित बिनाको विज्ञान र प्रविधि, हुँदैन विकास हुँदैन प्रगतिलगायतका नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...