http://bit.ly/bajajdurbartimes

काठमाण्डौमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने


काठमाण्डौमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने

काठमाण्डौ –काठमाण्डौमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने भएको छ । विश्व सामु नै चुनौतीको रूपमा रहेको कोरोना सङ्क्रमण काठमाण्डौमा तत्काल नियन्त्रण हुने अवस्था नरहेको भन्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मङ्गलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको हो ।

'पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भीडभाडजन्य गतिविधिहरु नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनुहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ। आउँदा दिनमा भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने कार्यलयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति:

1

हिन्दी अन्तर्वार्ता

2

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

3

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

4

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

5

देशभर आजको मौसम यस्तो छ

6

आजको राशिफल


Share Tweet Send