पूर्व राजा ज्ञानेन्द्रको सन्देश
"नेपाली भनेका नेपाली नै हुन । कुनै अर्को जलप लगाएर हुदैन भन्ने अपार राष्ट्रभक्तिले ओत प्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पुरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौ । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं । नेपालको निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायका आ(आफ्नै विशिष्ठ योगदान छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहंदै आएको छ । हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउदै पराया ईच्छा पुरा गर्ने अवान्छित कृयाकलाप यहां भित्रिएको महसूस आम नेपालीले गर्नु परेको छ । राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गांठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविश्यमा पनि रहनेछ । यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो।जय नेपाल ।"
