durbar-times

प्रतिनिधिसभा पुनःस्थापनापछिकाे राजनीतिक परिदृश्य


प्रतिनिधिसभा पुनःस्थापनापछिकाे राजनीतिक परिदृश्य

गत पाैष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालकाे राजनीतिमा एक प्रकारकाे तरङ्ग पैदा भएकाे थियाे । संविधानकाे व्याख्या र अन्तराष्ट्रिय मान्यताका बारेमा बृहत बहसहरू पनि सञ्चालन भए । सडकमा पक्ष र विपक्षका नाराहरू गुञ्जिए । राजनीति फेरी एकपटक पाेखरीमा नै पुगेकाे अवस्था पैदा भयाे । तर फागुन १२ गते सर्वाेच्च अदालतले प्रतिनिधसभा विघटन बदर गरेसँगै अर्काे प्रकारकाे राजनीतिक तरङ्ग सुरू भएकाे छ ।

शक्ति पृथकीकरण , नियन्त्रण र सन्तुलनकाे मान्यतामा गरिँदै आएकाे राज्य सञ्चालनमा पहुँच प्राप्त गर्न सरकारमा रहेकाे पक्षबाहेक अन्य पक्षहरू अर्जुनदृष्टि लगाउन थालेका छन् । विभाजनकाे संघारमा रहेकाे नेकपामा पनि दुइथरी मतहरू ज्यूँका त्यूँ रहेका छन् । एकथरी एकिकृत नेकपाकाे नै सरकार बनाउनुपर्छ भन्ने पक्षमा छन् भने अर्काेथरी अब पार्टी एक हुन सक्दैन भन्ने मत बाेकेर हिँडिरहेका छन् । प्रतिपक्षी कांग्रेस सही माैका छाेपेर बसेकाे अवस्थामा छ । आजैमात्र पनि माधव नेपाल र प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवाकाे भेटघाट भएसँगै याे विषय अझ चरम हुँदै गएकाे छ ।

मधेसवादी लगायतका अन्य दलहरू पनि सरकारकाे समीकरण हिसाब गरेर बसेकाे अवस्था छ । हिजाेसम्म दुइ पक्षमा विभाजित भएका दलहरू आज लगभग एकै पक्षमा उभिइसकेका छन् । प्रधानमन्त्रीकाे राजीनामा र नयाँ सरकारकाे गठन हुनुपर्ने अधिकांशकाे मत रहेकाे देखिन्छ ।

उता प्रधानमन्त्री भने चरम संकटमा परेकाे अवस्था छ । मध्यावधि चुनाव घाेषणा गरेर प्रतिनिधिसभा विघटन गरेकाे दुइ महिनापछि सर्वाेच्च अदालतले बदर गरिदिएसँगै अबकाे चरण कस्ताे हुने भन्ने निर्क्याैल गरिनसकेकाे अवस्थामा रक्षात्मक हुन अथवा अझ आक्रामक हुने भन्ने निर्णय गर्न नसकिरहेकाे अवस्था छ । सर्वत्र राजीनामाकाे माग भैरहेकाे छ । राजीनामा नदिए १३ दिनपछि बस्ने संसद अधिवेशनमा पहिलाे विषय नै अविश्वासकाे प्रस्ताव हुनसक्ने चिन्ताले पनि प्रधानमन्त्रीकाे मनशाय द्वैध रहेकाे छ ।

प्रधानमन्त्रीसँगै राष्ट्रपतिकाे पनि अवस्था संकटपूर्ण रहेकाे देखिन्छ । संविधानतः गम्भीर त्रुटी गरेकाे भनी राष्ट्रपतिलाइ विभिन्न राजनीतिक व्यक्तिहरूले आराेप लगाइरहेकाे अवस्थामा सर्वाेच्च अदालतकाे फैसलाले पनि त्यही कुरा बताएपछि अब राष्ट्रपतिलाइ पनि महाभियाेग लाग्छ कि भन्ने आशंकाहरू हुन थालेका छन् ।

समग्रमा भन्नुपर्दा राजनीति फेरी उही ठाउँमा आइपुगेकाे छ । सत्ता समीकरण , गुटबन्दी , अविश्वास र महाभियाेगकाे जालाेबाट बाहिर निस्कन नसकेकाे नेपाली राजनीति घुमिफिरी उही ठाउँमा आइपुग्दा सर्वसाधारण जनता भने अक्क न बक्ककाे अवस्थामा देखिएका छन् । सत्ताकाे लागि हुने बहस र झगडामा उनीहरू माैन रही मात्र रङ्गमञ्चकाे दृश्यावलाेकन गरिरहेका छन्। सर्वसाधारण जनताकाे याे अवस्थालाइ मध्यनजर गरी राजनीतिक दलहरूले सही दिशा समाउन सकुन । अन्यथा जनता उर्लियाे भने व्यवस्थामाथी नै भारी पर्न सक्ने इतिहासलाइ नजरअन्दाज नगरियाेस ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send