फ्रेन्च कप लिग १ अन्तर्गत गएराती भएको खेलमा साबिक बिजेता पिएसजी र लिल्लीको खेल गोल रहित बराबरीमा रोकिएको छ।
लिल्लीको घरेलु मैदानमा भएको खेल बराबरी भए संगै दुवै टोलिले एक एक अंक बाडेका छन् । साबिक बिजेता पिएसजी नेयमार बिनानै मैदान उत्रेको थियो । आफ्नो मुख्य खेलाडी बिनानै मैदानमा उत्रिएको पिएसजी बराबरीमा रोकिए संगै ३२ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ भने सम्मान खेलमा ३३ अंक सहित लिल्ली अंक तालिकाको शीर्ष स्थानमा छ ।