http://bit.ly/bajajdurbartimes

साविक विजेता पीएसजी बराबरीमा रोकियो


साविक विजेता पीएसजी बराबरीमा रोकियो

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा बोर्डुअक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो । रोमान्चक बनेको खेलमा टिमोथी पेम्बेलेको आत्मघाती गोलबाट बोर्डुअक्सले १० औं मिनेटमा अग्रता बनाएको थियो ।

तर, २७ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको २८ औं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६० औं मिनेटमा यासिन एड्लीले गोल गर्दै बोर्डुअक्सलाई २-२ गोलको बराबरी ल्याउदै टोलीलाई हारबाट जोगाए । बोर्डुअक्ससँग बराबरीमा रोकिएपनि पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।

पीएसजीले १२ खेलमा २५ अंक जोडेको छ । बोर्डुअक्स १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

1

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

2

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

3

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

4

चितवन सवारी दुर्घटना, २ को मृत्यु

5

बढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

6

मेस्सीको आलोचना गर्दै यसो भन्छन् अर्जेन्टिनाका पूर्व गोलरक्षक


Share Tweet Send