http://bit.ly/bajajdurbartimes

पीएसजीको नयाँ प्रशिक्षकमा माउरिसिओ पोचेटिनो नियुक्त


पीएसजीको नयाँ प्रशिक्षकमा माउरिसिओ पोचेटिनो नियुक्त

एजेन्सी | टोटनहमका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका नयाँ प्रशिक्षक नियुक्त भएका छन् । लिग वान च्याम्पियन पीएसजीले शनिबार क्लबकै पूर्वखेलाडी पोचेटिनोलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।

अब उनले थोमस टुचेलको स्थान लिनेछन् । टुचेललाई पीएसजीले डिसेम्बर २९ मा बर्खास्त गरेको थियो ।

४८ वर्षीय अर्जेन्टाइन पोचेटिनोले सन् २००१ देखि २००३ मसम्म फ्रेन्च क्यापिटल क्लब पीएसजीका लागि खेलेका थिए ।

सन् २०१९ नोभेम्बरमा टोटनहमले बर्खास्त गरेपछि पोचेटिनो कामविहीन थिए ।

पोचेटिनो दोस्रो पटक आफू खेलेकै क्लबको प्रशिक्षक बनेका हुन् । यसअघि उन स्पानिस क्लब स्पानयोलमा खेलाडीपछि प्रशिक्षकको भूमिका पनि थिए ।

पोचेटिनोले पीएसजी प्रशिक्षक बन्न पाउँदा खुसी लागेको बताएका छन् ।

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send