एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति निसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन जिलिन ड्राक्सलर र मोइस किनले एक एक गोल गरे ।निसका रोनी लोपेसले एक गोल फर्काए ।
खेलको २२ औं मिनेटमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा निसका लोपेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।त्यसपछि खेलको ७६ औं मिनेटमा किनले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा फर्किएको पीएसजीले २५ खेलमा ५४ अंक जोडेको छ । दोस्रो स्थानको लिलको पनि ५४ अंक रहेको छ । लिलले एक खेल कम खेलेको छ ।
निस २९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।