फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएजी) ले निम्समाथि ३–० को सहज जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीको जितमा एन्जल डि मारिया, पाब्लो साराविया र केलियन एमबाप्पेले गोल गरे ।
पार्क द प्रिन्सेसमा पीएसजीले खेलको १८औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा पाब्लो सारावियाले डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
६३औं मिनेटमा केलियन एमबाप्पेले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।
जितसँगै पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । पीएसजी तेस्रो स्थानमा रहेको छ । निम्स १५ अंक जोडेर पुछारमा रहेको छ ।