Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

पीएसजीको जितमा एमबाप्पे र मोउरोको गोल


पीएसजीको जितमा एमबाप्पे र मोउरोको गोल

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे ।

मार्सेलीको मैदानमा नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो । मार्सेलीविरुद्धको जितसंगै पीएसजीले शीर्ष स्थानको लिलसँगको अंक दुरी कम गर्न सफल भएको छ ।पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । तेस्रो स्थानको पीएसजी लिल भन्दा ३ अंकले पछि रहेको छ ।

लिल ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मार्सेली ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

1

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसट

2

विप्लव र नेपाल सरकारबीच छुटेकाे चाैथाे बुँदा

3

विप्लवकाे सम्बाेधनकाे पूर्ण पाठ

4

पिके घाइते, पीएसजीविरुद्धको खेल गुमाउन सक्ने

5

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी

6

प्रचण्ड संसदीय दलको नेता चयन


Share Tweet Send