Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

पीएसएल २०२१: नेपालका कुनै पनि खेलाडी छनोट हुन सकेनन्


पीएसएल २०२१: नेपालका कुनै पनि खेलाडी छनोट हुन सकेनन्

पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ मा नेपालका कुनै पनि खेलाडी छनोट हुन सकेनन् । लेगस्पीनर सन्दीप लामिछानेसहित नेपालबाट १० खेलाडी पीएसएलको ड्राफ्टमा समावेश भएका थिए ।

सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमम थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन् ।

सन्दीप समावेश प्लाटिनम क्याटेगोरीबाट क्रिस गेल, रासिद खान, क्रिस लिन, डेविड मिल्लर टम ब्यान्टम जस्ता खेलाडी पीएसएलमा छनोट भएका छन् ।

ड्राफ्टमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र अलराउण्डर पारस खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर क्याटेगोरीमा समावेश थिए ।

ड्राफ्टपछि हरेक टिमले कम्तीमा १६ र बढीमा १८ खेलाडी राखेका छन् । त्यसअघि हरेक टिमले अघिल्लो सिजनबाट ८ खेलाडी रिटेन गर्न पाउने प्रावधान थियो । जसमा पेशावर जाल्मीले ५ खेलाडी मात्र रिटेन गरेको थियो भने अन्य ५ टोलीले समान ८ खेलाडी रिटेन गरिसकेका थिए ।

पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने छ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send