सार्वजनिक सवारीमा पूरै सिटमा यात्रु राख्न पाउने


सार्वजनिक सवारीमा पूरै सिटमा यात्रु राख्न पाउने

सरकारले सार्वजनिक सवारीमा पूरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यसअघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णयमा पुनर्विचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

अहिले छोटो तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने झन्डै दोब्बर लिदैँ आएका थिए । बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान भने कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...