प्रिमियर लिगमा बुघबार राती सेफिल्ड युनाईटेड र म्यानचेस्टर युनाईटेड बिच भएको खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ। पुछारमा रहेको सेफिल्ड युनाईटेडले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडलाई १-२ गोलले पराजित गरेको हो। यस हारबाट म्यानचेस्टर युनाईटेड शिर्ष स्थानमा रहने मौका गुमाएका छन्।
सेफिल्ड युनाईटेडका लागि किएन ब्रायन र ओलिभर बर्केले गोल गरेका थिए । म्यान युनाईटेडको लागि ह्रारी मग्वायरले गोल गरेको थियो। खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर, खेलको ६४ औं मिनेटमा ह्यारीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २-१ को जित दिलाए । घरेलु मैदानमा पराजित भएसंगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
दोस्रो स्थानको युनाईटेडको २० खेलमा ४० अंक रहेको छ । लिग लिडर म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ । सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ ।
हिजोनै भएको अर्को खेलमा वेस्ट लण्डन क्लब चेल्सी र वुल्भ्स बिच गोलरहित बराबरी भएको छ। यस् बराबरीसँगै चेल्सीले २० खेलबाट ३० अंक बटुल्दै तालिकाको आठौं स्थानमा उक्लेको छ। यता समान २० खेलबाट २३ अंकका साथ वुल्भ्स १३अौं स्थानमा रहेको छ।
प्रिमियर लिगमा हिजो भएका अन्य खेलमा ब्राइटन र फुल्हम बिच गोलरहित बराबरी, एस्टन भिल्लाविरुद्ध बर्नली ३-२ गोलले विजयी भएको थियो।