काठमाडाैँ उपत्यकालगायत देशभरका अधिकांश स्थानमा वायु प्रदुषणकाे मात्रा पुनः बढेकाे छ ।
काठमाडाैँ लगायत देशका कतिपय शहरमा वायु प्रदुषणकाे मात्रा बढेसँगै देश फेरी धुमिल बन्दै गएकाे छ ।
आज धनगढीकाे प्रदुषणकाे मात्रा ४७६ ए क्यु आइ भन्दा माथी पुगेकाे छ भने भरतपुरकाे ३५० एक्यु आइभन्दा बढी पुगेकाे छ । जुन स्वास्थ्यका दृष्टिले निकै खतरनाक मानिन्छ ।
अघिल्लाे हप्तामात्र अत्यधिक प्रदुषणका कारण देशभरका विद्यालयहरू ४ दिनका लागि बन्द गरिएकाे थियाे । पुनः प्रदुषणकाे मात्रा बढेपछि अब सरकारले के कदम चाल्छ भन्ने जनताकाे चासाे रहेकाे छ।
देशभर लागिरहेकाे डढेलाेका कारण देशभरका अधिकांश ठाउँमा प्रदुषण बढेकाे वातावरण विभागले जनाएकाे छ। स्वास्थ्य सतर्कता अपनाउँदै सामान्य जीवनयापन गर्नसमेत विभागले सचेत गराउँदै आएकाे छ ।