कोपा डेल रे अन्तर्गत हिजो राति भएको खेलमा बार्सिलोनाले सेभेलिया माथी नाटकीय जित हात पारेको छ ।
पहिलो लेगमा २-० ले पछि परेको बार्सिलोनाले हिजो राती भएको खेलमा ३-० को जित हात पार्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि डेम्बेले , जेरार्ड पिके र मार्टिन बे्रथवेटले एक-एक गोल गरेपछि बार्सिलोनाले सेभियालाई ३-० ले हरायो ।
खेलको ११ औं मिनेटमा डेम्बेले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा फेर्नान्डोले रातो कार्ड पाएपछि सेभिल्ला दस खेलाडीमा सीमित बन्न पुगेको थियो । ९० औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि ९५औँ ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको र समग्रमा ३–२ गोलको अग्रता दिलाए । खेलको १०३औँ मिनेटमा लुक डी योङले रातो कार्ड पाएपछि सेभिया नौ खेलाडीमा सीमित भएको थियो ।
खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले जित हात पार्दै फाइनल प्रबेस गरेको हो ।