durbar-times

पुरानै अवस्थाः मेराेशेयर बाध्यात्मक समस्या


पुरानै अवस्थाः मेराेशेयर बाध्यात्मक समस्या

हालैमात्र नेपाल धिताेपत्र बाेर्डले सम्बन्धित बिक्री प्रबन्धक , मेराे शेयर र सम्बन्धित कम्पनीभन्दा अरू समाचार प्रदाताहरूकाे वेवसाइटबाट प्राथमिक शेयरकाे परिणाम हेर्न नमिल्ने व्यवस्था लागु गर्याे । तर ,पहिलाे गाँसमा नै लगानीकर्ताहरूले भने ढुंगाकाे स्वाद भेटाएका छन् ।

सँधैजसाे सर्भर डाउन हुने मेराे शेयर र वेवसाइटलाई खासै प्राथमितकतामा नराख्ने सम्बन्धित बिक्री प्रबन्धक तथा कम्पनीकाे वेवसाइटमा समस्या नै समस्या देखिएकाे छ। बिहानदेखि आइपिओकाे रिजल्ट कुरेर बसेका लगानीकर्ताहरू अहिलेसम्म रिजल्ट हेर्न नपाउँदा दुःखित भएका छन् ।

नियामक निकायमा गुनासाे गर्दा सँधै एउटै जवाफ आउँछ कि धरैजनाले एकैचाेटि वेवसाइट खाेल्दा समस्या उत्पन्न भयाे भनेर । तर कहिल्यै यसकाे समाधान गर्नतर्फ अग्रसर भएकाे भने देखिँदैन ।

मेराेशेयरकाे माेबाइल एप्लिकेशन लञ्च भैसकेकाे छ । तर एप्लिकेशन नाममात्रकाे छ । कुनै अपडेट गरिएकाे छैन् । क्वालिटीभन्दा क्वान्टीटीमा मात्र ध्यान दिएकाे प्रष्ट देखिएकाे छ । दिनहुँजसाे मेराेशेयरले धाेका दिएकाे कुरा लगानीकर्ताहरूले गरिरहेका हुन्छन् । कहिले क्लाेज आउटमा बिनासित्ती पर्ने , कहिले इडिआइएस समयमा न आउने , धरैजसाे खुल्दै नखुल्ने समस्या लगानीकर्ताहरूले भाेगिरहेका छन् ।

अर्काे नेप्से र मेराेशेयरबीच सामञ्ज्स्यता नभएकाे मारमा पनि लगानीकर्ता नै परिरहेका छन् । शेयर मार्केट प्रविधिमैत्री भएकाे खुशीयालीभन्दा कच्चा प्रविधीकाे प्रयाेगले लगानीकर्ताहरू बढी निराश भैरहेका छन् ।यसतर्फ नियामक निकायकाे ध्यान गएकाे छ वा छैन त्याे त मेराे शेयरकाे परिणामले नै थाहा दिरहेकाे छ ।

दैनिक कराेडाैँ मुनाफा कमाउने धिताेपत्र बाेर्डदेखि अन्य निकायहरू याे समस्या नियालेर मात्र बसिरहेका छन्। गुनासाे गर्दा तदारूकता देखाउने र अर्काेदिन फेरी सुस्ताउने नियति नै भइसकेकाे छ । लगानीकर्ताहरू बाध्यात्मक समस्या झेलेर काराेबार गरिरहेका छन् । यसकाे समाधान छिटाेभन्दा छिटाे नभएका कुनै एक गल्तीले समग्र बजार नै प्रभावित नहाेला भन्न सकिन्न । त्यसैले समयमा नै नियामक निकायकाे गम्भीर ध्यान जाओस ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send