नेप्से सूचक बुधबार ४९.१७ अंकले बढेर २०६२.०६ विन्दुमा पुगेको छ । सूचीकृत २०८ कम्पनीको ४ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कुल ९९ लाख १० हजार ३ कित्ता सेयर कारोबार भएको छ । विकास बैंक र होटल बाहेक बाँकी सबै समूहको सूचक विस्तार भएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक ३४८.२१ अंकले बढेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन, नागरिक लगानी कोष र हिमालयन डिस्टिलरीको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको भाउ १०% ले बढेको हो । यस्तै, नागरिक लगानी कोष र हिमालयन डिस्टिलरी दुवैको भाउ ९.९९% ले बढेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अघि आएको छ । शिवमको ३४ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।