पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पताललाई पिपिइ वितरण


पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पताललाई पिपिइ वितरण

पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गरेका छन्। स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले सो सामग्री वितरण गरेका हुन्। आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उनले सहयोग गरे। पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई बिहीबार सो सामग्री हस्तान्तरण गरेका हुन्।

उनले इलाम अस्पतालका लागि २५ थान पिपिइ र १०० थान गगल्स वितरण गरेका हुन्। जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए। उनले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गरेका थीए।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...